चुनाव अगाडि अर्काे पार्टीकाे पक्षमा मत माग्ने कुरा राजनीतिक रूपमा घातक : गगन थापा

मकवानपुर- चुनावकाे अगाडि अर्काे पार्टीकाे पक्षमा मत माग्ने कुरा राजनीतिक रूपमा घातक हुनसक्ने विश्लेषण पार्टीले गरेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।
'प्रकारान्तरमा त्यसले पार्टीप्रतिकाे विश्वास डगमगाउने र घात हुनसक्ने अवस्था बन्दाे रहेछ,' उनले भने, 'अब यसो नगर्ने निधोमा नेपाली कांग्रेस पुगेको छ ।'
आगामी भदाैमा कांग्रेसले नीति अधिवेशन गर्न लागेको र नीति अधिवेशनबाट यस्तो सवालमा संकल्प गर्नुपर्ने उनले बताए । 'अब कांग्रेसकाे जीनमा बरु ५ पटक चुनाव हारे हारिन्छ, वडादेखि केन्द्रसम्म, राष्ट्रपतिदेखि प्रधानमन्त्रीकाे चुनावमा जस्ताेसुकै अफ्ठ्यारो परे पनि, नेपालकाे तमाम पार्टी मिलेर एउटै पार्टी बनाए पनि कांग्रेसले तालमेल गर्दैन,' उनले भने ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ र २ ‘ख’ काे साेमबार हेटाैंडा-१९ बस्तीपुरमा भएकाे भेलालाई सम्बाेधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
आगामी निर्वाचनमा कांग्रसले कुनै पनि पार्टी वा शक्तिसँग तालमेल नगर्ने नीति लिने स्पष्ट पारेका हुन् । नेपाली कांग्रेस विचार प्रधान पार्टी भएकाले सत्ताका लागि कसैसँग सम्झाैता नगर्ने उनले बताए ।
तालमेल मात्र नभई कांग्रेसले सत्ताका लागि विचारसँग सम्झाैता नगर्ने उनले स्पष्ट पारे । बरु सरकार छाेड्नु परे छाेड्ने तर, कांग्रेसका लागि विचार र सिद्धान्त सबैभन्दा महत्वपूर्ण कुरा भएकाे भन्दै त्यसलाई स्थापित गरिनुपर्नेमा थापाकाे जाेड थियाे ।
चुनावअघि नै गठबन्धन गर्दा पार्टीप्रति गलत धारणा बनेकाे भन्दै उनले बरु कांग्रेस चुनाव हार्न र सत्ता बाहिरै बस्न तयार रहने स्पष्ट पारे ।
‘हाम्राे इमेज कस्ताे बन्याे कि सरकारमा पुग्नका लागि चुनावअघि एउटासँग घाँटी जाेड्न पनि पुग्छ, त्याे सरकारमा पुगेन भन्ने रिसमा चुनावपछि अर्काेसँग घाँटी जाेड्न पनि पुग्छ । सत्ताका लागि जस्ताेसुकै सम्झाैता गर्छ भन्ने छवि बन्न पुग्याे, गल्ती जहाँबाट भएकाे छ, त्यहीबाट सच्याउनुपर्छ,’ थापाले भने ।
आम नागरिकमा राजनीतिप्रति वितृष्णा जागेकाे र आत्मविश्वास र आशा गुमाइरहेकाे भन्दै कांग्रेसले जनताकाे निराशालाई चिर्ने थापाले प्रतिबद्धता जनाए । ‘हामी निराश हुनुहुँदैन, कांग्रेस आफू जित्न आएकाे पार्टी हाेइन, कांग्रेस देशलाई जिताउन आएकाे पार्टी हाे,’ थापाले भने ।
नेपाली कांग्रेस प्रगतिशील समाजकाे कल्पना गरी कार्यान्वयन गराउने पार्टी भएकाे भन्दै थापाले जनभावनालाई निरन्तर सुन्ने प्रतिबद्धता जनाए । ‘कांग्रेस उत्तेजित शक्ति पनि हाेइन, कांग्रेस यथास्थितिवादी पनि हाेइन । कांग्रेस त प्रगतिशिल शक्ति हाे, कांग्रेस प्रश्न हाेइन, उत्तर हाे,’ थापाले थपे ।
चुनावकाे बेला उम्मेदवार छान्ने कुरा सबैभन्दा जटिल बनेकाे भन्दै थापाले वडाकाे टिकट चुनावकाे ६ महिनाअघि त्यसै वडा तथा पालिका वा क्षेत्रका कार्यकर्ताले सर्वसम्मत वा निर्वाचनमार्फत छान्ने गरी नीति बनाउनुपर्ने धारणा राखे ।
कांग्रेस सक्किएर हाेइन सच्चिएर र परिवर्तन भएर अघि बढ्नुपर्ने भन्दै उनले भने, 'कमजाेर कांग्रेसकाे महामन्त्री हुनुभन्दा बलियाे कांग्रेसकाे साधारण सदस्य मञ्जुर छ तर, कांग्रेस सच्चिएर जान जरुरी छ ।
कार्यक्रममा बाेल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस एकजुट भएर जनताकाे हितमा लाग्नुकाे विकल्प नभएकाे बताए । नागरिकमा छाएकाे निराशा चिर्न काम गरेर देखाउनुपर्ने उनकाे भनाइ थियाे ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्व सभापतिहरु माइकल रामचन्द्र अर्याल, रघुरमण न्याैपाने, पार्टी जिल्ला उपसभापति आनन्द कठायत, सचिव ईश्वर पाठक, सहसचिव इन्दिरा न्याैपाने प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति दामाेदर खनाल, चितवन क्षेत्र नम्बर १ का सभापति किरण वली, महासमिति सदस्य राजकुमार मल्ल, राजेश भेटवमल, मकवानपुर १ (क) का सभापति सुशान्त श्रेष्ठ, मकवानपुर २(ख) का सभापति रन्जन कालाखेती, थाहा नगर सभापति प्रमाेद जाेशी, मनहरी ८ का सभापति भिमसेन लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर क्षेत्र नम्बर २ का सभापति लाेक मुक्तानकाे सभाध्यक्षतामा कार्यक्रम भएकाे हाे।

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

मेरो मुल्य मान्यता र निष्ठा बिचलित भएको छैन्ः भण्डारी

प्रतिक्रिया