कोभिड संक्रमितको उपचारमा ध्यान दिन माग गर्दै सरकारविरूद्ध रिट

काठमाडाैँ : सर्वोच्च अदालतमा कोभिड-१९ संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न आदेशको माग गर्दै रिट निवेदन दायर भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह, स्वास्थ्य तथा जनसंख्या, कानुन, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयलाई विपक्षी बनाइ अधिवक्ता मनीषकुमार श्रेष्ठले रिट दायर गरेका हुन् ।
श्रेष्ठले दायर गरेको रिट निवेदनमा राज्यका सबै स्रोत लगाएर भए पनि संक्रमितको उपचारमा ध्यान दिन माग गरिएको छ । नेपालको संविधानको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख छ । रासस

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया