बकैयामा ट्रक दुर्घटना हुँदा आगलागी

मकवानपुर- मकवानपुरको बकैया गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आगलागी भएको छ ।
बकैया ५ तिनतल्लेमा हेटौंडाबाट सिन्धुली तर्फ जादै गरेको ना. ७ ख ५०४५ नम्बरको सिमेन्ट लोड ट्रकको इन्जनमा समस्या भइ नालीमा खस्दा आगलागी भएको अस्थायी प्रहरी प्रहरी पोष्ट गरगरे बकैयाका प्रहरी सहायक निरीक्षक राम शंकर यादवले जानकारी दिए ।
मदन भण्डारी राजमार्गको हेटौंडा सिन्धुली सडकखण्डको तिनतल्लेमा जेठ २९ गते राती ११ बजेको समयमा भएको ट्रक दुर्घटनाबाट लागेको आगो हेटौंडा उपमहानगरपालिकाको दमकल तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ ।
ट्रकको भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया