मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेललाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई बिहान ७ बजे गंगालाल अस्पतालमा भर्ना गरिएको हो । दम र ग्याष्ट्रीकबाट पीडित पौडेलको छाती दुखेपछि मुटुको परीक्षणका लागि अस्पताल लगिएको स्रोतले बतायो ।
'एनजिओग्रामको सुरुवाती रिपोर्ट राम्रो छ । भर्नापछि मुटुको परीक्षणका लागि एनजिओग्राम गरिएको छ', स्रोतले भन्यो । गंगालालका निर्देशक डा चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरेको छ । पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको छ ।
एनजिओग्राम गरेपछि २४ घण्टा अब्जरभेशनमा राख्नुपर्ने भएकाले पौडेललाई भोलि मात्रै डिस्चार्ज गरिने बताइएको छ ।

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

प्रतिक्रिया