बागमतीका सबै अस्पतालमा अक्सिजन प्लान्ट निर्माण प्रक्रिया अगाडि बढ्याे

बागमती : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार मातहतका सबै अस्पतालमा क्षमताअनुसारको अक्सिजन प्लान्ट निर्माणका लागि खरिद प्रक्रिया प्रारम्भ भइसकेको बताएका छन् ।
मुख्यमन्त्री पौडेलले आज प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखलाई 'भर्चुअल' निर्देशन दिँदै तत्कालका लागि अस्पताललाई आवश्यक परेका समस्याको समाधान गर्न सरकारले गर्नुपर्ने काममा सरकार तयार रहेको बताएका हुन् ।
उनले रकम अभावका कारण कुनै पनि काम नरोकिने बताउँदै प्रदेश र स्थानीय सरकारलाई कोभिड नियन्त्रणका लागि सङ्घीय सरकारले पूर्ण अधिकार दिएकाले कोभिड-१९ नियन्त्रणका लागि आवश्यक रकम खर्च गर्न नहिच्किचाउन निर्देशन दिए । महामारी नियन्त्रणमा पैसा वा अन्य आवश्यकता बाधक हुन नहुने उनकाे भनाइ थियो ।
मुख्यमन्त्री पौडेलले अक्सिजनको उपलब्धताका लागि सरकार लागि परेको जानकारी दिँदै प्रदेशमा आवश्यकताअनुसारको आइसोलेशन, कोभिड अस्पताल र जनशक्तिलगायतको अभाव हुन नदिइने पनि बताए । रासस

यो बाटो मात्र हिँड र यता नआउ भन्नु सरकारी निरंकुशतन्त्र होः लिङ्देन

आज राप्रपाले काठमाडौंमा प्रदर्शन गर्ने

राप्रपालाई गृह मन्त्रालयको चेतावनी- निषेधित घेरा तोडे कारबाही हुन्छ

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन : प्रचण्ड

ओली, देउवा र प्रचण्डको एउटै मत- गणतन्त्र पक्षधर एकै ठाउँमा उभिऔं

नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : मन्त्री सिंह

गृहमन्त्री लेखक भन्छन्- सत्तासाझेदारीमा कुनै समस्या छैन

प्रतिक्रिया