नेपाल बीमा प्राधिकरणका भुक्तानीहरू अब डिजिटल माध्यमबाट

काठमाडौँ– नेपाल बीमा प्राधिकरणका भुक्तानीहरू अब डिजिटल माध्यमबाट हुने भएको छ । प्राधिकरणले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्विच( एनपिएस)मा आबद्ध भएको छ ।
यस सम्बन्धमा प्राधिकरणका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजु रमण पौडेल र एनसीएचएल का तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पश्चात् प्राधिकरणको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस( एनपिआई) सँग जोडी तलब, भेण्डर, लगानी, लगायतका भुक्तानी सम्बन्धी कारोबारहरू आफ्ना बैंक खाताहरू बीच गर्न सकिनेछ ।
बीमाका क्षेत्रमा नयाँ आयाम थप्दै डिजिटल भुक्तानीको माध्यमको प्रयोगलाई थप प्रोत्साहन गर्न नेपाल बीमा प्राधिकरण र एनसीएचएलसँगको यस सहकार्यले थप टेवा पुर्याउने विश्वास गरिएको छ ।
यस अघि प्राधिकरणले प्रदान गर्ने बीमा एजेन्ट तथा सर्भेयरको लाइसेन्स नवीकरणको अनलाइन भुक्तानी एनसीएचएलको कनेक्ट आइपीएस प्रणाली मार्फत हुने व्यवस्था गरेको थियो र आगामी दिनहरूमा प्राधिकरणले अन्य सेवाहरू पनि क्रमश डिजिटाइज गर्दै लैजाने लक्ष्य लिएको छ ।

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

प्रतिक्रिया