सेयर बजार ३४.१७ अंकले बढ्याे

काठमाडौं - सेयर बजार मंगलबार ३४.१७ अंकले बढेकाे छ । मंगलबार नेप्से सूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा आएको छ । ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । याे कारोबार रकम करिब ६ महिनायताकै उच्च हो ।
वित्तीय प्रणालीमा तरलता बढ्दै जाँदा सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । बैंकमा निक्षेप थुप्रिँदै जाँदा सीडी रेसियो तल झरिरहेको छ । खासै कर्जा प्रवाह हुन सकेको छैन । जसका कारण अहिले सीडी रेसियो ८४.३३ प्रतिशतमै आएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार अन्तर बैंक ब्याजदर पनि ६.३१ विन्दुमा छ ।
यस दिन २७० कम्पनीको १ करोड ८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड ६६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र आइजीआई प्रुडेन्सियल इन्सुरेन्स परेका छन् ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया