आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

ट्रकको ठक्करबाट बालकको मृत्यु

चैतारा- सिन्धुपाल्चोकमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मंगलबार हेलम्बु गाउँपालिका–४ स्थित ग्याल्थुङमा मिनी ट्रकको ठक्करबाट  बराम्चेका ८ वर्षीय बालक शनिस तामाङको मृत्यु भएको हो । 

बा ४ ख ८७ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा मेलम्ची नगर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।