ईसेवा मनी ट्रान्सफर र नबिल बैंकबीच भुक्तानी सम्झौता

काठमाडौँ- ईसेवा मनी ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार विदेशबाट ईसेवा मनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स्, नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २५५ शाखा मध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिनेछ।
सम्झौता पत्रमा ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरे।
ईसेवा मनि ट्रान्सफरकले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरूको साथै नेपालका प्रायजसो सबै बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ।
ईसेवा मनि ट्रान्सफरकले सेवाग्राहीहरूलाई आफ्ना एक लाख ७५ हजारभन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको सहायक कम्पनी पनि हो ।
नबिल बैंक लिमिटेडले ३८ वर्षदेखि देशव्यापी रूपमा आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेर २०४१ असार २९ गते स्थापना भएको नबिल बैंक, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र वित्तीय संस्थाका रूपमा सञ्चालन भई रहेको छ।
हाल, ७ प्रदेश र ७७ ओटै जिल्लामा रहेका २५५ शाखाहरूका साथ, नबिल बैंक धेरै रुचाइएको बैंक बन्न सफल भएको छ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_5L0v8pwWFi_iznpvuyvkgvwjzu4lpfukevqiv6soeepg9htqlhzljnx1mscf1m6zizfoomo.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया