५६१ ग्राम सुन जस्तो देखिने पहेंलो धातु बरामद

मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५६१ ग्राम सुन जस्तो देखिने पहेंलो धातु बरामद गरेको छ ।
प्रहरी उक्त धातुसंगै एक जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेक पोष्ट अगाडी सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू जाच गर्ने क्रममा धातु सहित अबैध कपडा समेत बरामद गरेको छ ।
वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ६९२ नं. को यात्रु बाहक बसको डिक्की भित्र लुकाई ल्याएको अवस्थामा साडी १०० पिस, सल ६०० पिस गरी अन्दाजी १० लाख ५ हजार मुल्य बराबरको अबैध कपडा बरामद गरेको हो ।
कपडा र धातु थप अनुसन्धानको लागि राजस्व कार्यालय पथलैया पठाइने प्रहरीले जनाएको छ ।
प्रहरीले काठमाण्डौबाट आउदै गरेको प्रदेश २-०३-००१ ख ०१५९ नं. को यात्रु बाहक बसमा सवार बिरगंज महानगरपालिका- १६ बस्ने वर्ष २२ को किशन साहलाई नियन्त्रणमा लिएको हो ।
निजले लगाएको जुत्ताको नोकभित्र ३ थान सुन जस्तो देखिने पहेलो धातु ५६१ दशमलव ३० ग्राम बरामद गरेको हो ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया