सेवा आयोगका अध्यक्षलाई कालोमोसो दल्ने नेविसंघका सरोज पोखरेल पक्राउ

विराटनगर - पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई कालोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन् ।
बुधबार मोरङको बुढीगंगा क्षेत्रबाट कालोमोसो दलेको घटनाको अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो । उनीमाथि सेवा आयोग अध्यक्ष दाहाललाई कालोमोसो दलेको आरोप छ ।
केही दिनअघि दाहालको टाउकोमा कालो पदार्थ खन्याइएको थियो । जसको चौतर्फी विरोध भइरहेका बेला प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा पोखरेललाई पक्राउ गरेको हो ।
उक्त घटनामा सहभागी भएका अन्यको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया