बागमतीका सांसदलाई पनि बजेट : प्रत्यक्षबाट जितेकालाई तीन, समानुपातिकलाई एक कराेड

मकवानपुर । संघीय सरकारको सिको गर्दै बागमती प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षको बजेटमा सांसदलाई बजेट दिने तयारी गरेको छ।
सुरू-सुरूमा "सांसद विकास कोष" नामबाट बजेट दिँदै आएको थियो । त्यसको आलोचना बढेपछि गत आवबाट यो बजेट काटिएको थियो । त्यसभन्दा एक वर्षअघि "निर्वाचन क्षेत्र पूर्वाधार विकास" भनेर बजेट दिइएको थियो ।
फरक नामबाट उही काममा बजेट दिएको भन्ने आरोप खेप्न नसकेपछि गत चालू आवमा सांसदहरूले यी बजेट पाएनन्, अब फेरि पाउने भएका हुन् । सांसदहरूलाई बजेट दिने सवालमा बागमती प्रदेश सरकार र प्रतिपक्षमा समेत सहमति भएको बुझिएको छ ।
जसका लागि प्रत्यक्ष सांसदले ३ र समानुपातिक सांसदले १ करोड पाउने पक्का भएको छ । यही बजेटको कारण सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा जाउन भन्ने लक्ष्य सरकारले राखेको बुझिएको छ । तर राज्यकोषबाट यस्तो दुरुपयोग हुनु भ्रष्टाचारलाई बढवा दिइनु विश्लेषकहरूको दाबी छ ।
नीति तथा कार्यक्रममा असन्तुष्टि जनाएको प्रमुख प्रतिपक्षी एमालेले सांसदहरूलाई बजेट दिने सर्तमा भने सहमति जनाएको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीहरुलाई अहिले बजेटको चटारो छ ।
बजेटको अन्तिम रुप दिएर किताब छाप्ने तयारी भैरहँदासम्म बजेट माग गर्नेहरूको लस्कर भने टुटेको छैन ।
सबै प्रदेशहरूले झै बागमती प्रदेशले पनि पर्सी असार १ गते प्रदेशसभामा प्रस्तुत हुने बजेटको अन्तिम तयारी भइरहेको छ । प्रदेशका धेरैजसो मन्त्रालयहरुले आफूले पाएको बजेटको सिलिङ अनुसार योजनाको छनोट गरेर पठाइ सकेका छन् ।
बागमती प्रदेशका सांसदहरुलाई पनि कुनै पनि नाम दिएर बजेट छुट्याउने तयारी गरिएको प्रत्यक्ष तर्फका सांसदहरुलाई निर्बाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा कुनै नाम दिने र समानुपातिक सांसदहरुलाई पनि कुनै नाम दिएर बजेट छुट्याउने तयारी भएको प्रदेश सरकारका उच्चस्तरका कर्मचारीले बताए ।
संघीय सरकारले सांसदलाई बजेट छुट्याएपछि प्रदेशमा पनि सहज भएको र त्यही अनुसार प्रत्यक्ष निर्वाचित सांसदलाई ३ करोड रुपैयाँ र समानुपातिक सांसदलाई १ करोड रुपैयाँका दरले बजेट छुट्याउने तयारी रहेको कर्मचारीहरु बताउँछन् ।
विशेषगरी सांसदहरुले ठूला योजनाहरुको छनोट गर्ने र त्यस अनुसार कार्यान्वयन गर्नका लागि बजेट छुट्याइएको हो । प्रत्यक्ष र समानुपातिक प्रदेशसभा सदस्यहरुले योजना छनोट गर्ने र स्थानीय तह मार्फत कार्यान्वयन हुने गरी संघीय सरकारले जसरी नै बागमती प्रदेशमा पनि बजेट छुट्याउन लागिएको हो ।
प्रत्यक्ष र समानुपातिक प्रदेशसभा सदस्यहरुले कुनै पनि नाम दिएर प्रदेश सरकारले छुट्याएको बजेट सम्बन्धित क्षेत्रका जिल्ला समन्वय समिति र स्थानीय तहबाट खर्च हुने गरी गर्न लागिएको छ ।
सांसदहरुले योजना छनोट गरेर काम गर्ने छन् । संघीय सरकारले सांसदहरुलाई छुट्याएको बजेट जसरी खर्च हुन्छ त्यसरी नै खर्चगर्नेगरी तयारी गरिएको छ ।
बागमती प्रदेशमा ११ वटा मन्त्रालय मध्य सबै भन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट प्राप्त गरेको छ । अरु मन्त्रालयहरुले भने अर्थ मन्त्रालयबाट प्राप्त गरेको बजेट सिलिङ भित्र आफ्ना योजनाहरु पठाए पनि भौतिकमा भने पूर्वाधार निर्माणका धेरै काम हुने पनि भएकाले धेरै बजेट छुट्याइएको हो ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया