चिकित्सकलाई राख्ने क्वारेन्टाइन भारतीय राजदूतले उद्घाटन गर्दै

काठमाडौँ : कोभिड संक्रमितका उपचारमा खटिएका चिकित्सकलाई राख्न १०० बेडको क्वारेन्टाइन सोमबार देखि सञ्चालन हुने भएको छ । चिकित्सकहरूको व्यक्तिगत सुरक्षाका निम्ति नेपाल चिकित्स संघ, अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ र सेवा इन्टरनेशनलको संयुक्त आयोजनामा कमलपोखरीस्थित अग्रवाल भवनमा सय बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याउन लागिएको नेपाल चिकित्सक संघले जनाएको छ ।
भारतीय राजदूतले भर्चुअल माध्यमबाट सोमबार बिहान ११ बजे क्वारेन्टाइनको उद्घाटन कार्यक्रम रहेको संघका महासचिव डा. बद्री रिजालले जानकारी दिए । क्वारेन्टाइन सञ्चालन गर्न संघको तर्फबाट केन्द्रीय सदस्य डा. प्रमोद जोशीको संयोजकत्त्वमा तीन सदस्य समिति बनाइएको उनले बताए ।
उनका अनुसार क्वारेन्टाइनमा दिनम चारपटक स्वस्थ्य खाना उपलब्ध गराइन्छ । केही समय पछि अक्सिजन सहितको आइसोलेसन निर्माण, औषधिसहित चिकित्सक टोली राखिने उनले जानकारी दिए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया