वीरेन्द्रनगरका स्वास्थ्यकर्मीहरुले सात महिनादेखि तलब पाएनन्

सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्यका कर्मचारीहरू विगत सात महिनायता तलब पाएका छैनन् । गएको मंसिरयता नगरपालिका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूले तलब पाएका छैनन् ।
लामो समयसम्म तलब नपाउँदा स्वास्थ्यकर्मीहरू निरास छन् । चालू आर्थिक वर्ष २०७९/०८०को अन्तिम समयमा आईपुग्दा समेत स्वास्थ्य सेवाका कर्मचारीहरूलाई तलव पाउने–नपाउने विषयमा समेत अन्यौलता छ । तलबको व्यवस्था गरिदिन पटक—पटक स्वास्थ्यकर्मीहरूले नगरपालिकासँग अनुरोध गरेका छन् ।
२०७८ मा वीरेन्द्रनगरमा धेरै संख्यामा स्वास्थ्यकर्मी समायोजन भई आएका थिए । स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान निर्देशिका–२०७७ वमोजिम दरबन्दी रिक्त भएको स्थानमा समायोजन मार्फत कर्मचारी आएका थिए । यसका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कामकाज खटिई दरबन्दी रहेको पालिकाहरूबाट रमाना लिई आएका कर्मचारीहरूले अहिले विगत सात महिना देखि तलब, भत्ता भुक्तानी पाएका छैनन् ।
नगरपालिकाले यस अघि तलब खुवाएको थियो । तर अहिले तलब खुवाउन संघीय सरकारसँग माग गर्दा पनि तलव नआएको खबर पाएको स्वास्थ्यकर्मीहरूको भनाई छ । स्वास्थ्यकर्मी उदय थापाका अनुसार स्वास्थ्यका कर्मचारीहरू तलब नखाएरै सेवामा जुट्नु परेको बताउँछन् । अन्य कर्मचारीले समयमा नै तलब भुक्तानी सहित अतिरित्त सुविधा समेत लिईरहे पनि स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका स्थायी कर्मचारीले नै तलब पाउन नसकेको दुखेसो पोखे । उनले तलबको व्यवस्थापन गर्नका लागि पटक पटक नगरपालिकासँग पनि अनुरोध गरेको बताए ।
यसअघि कर्मचारी समायोजन मिलान सम्बन्धी मापदण्ड २०७७ मा ३८ जना कर्मचारी स्वास्थ्य मन्त्रालयले वीरेन्द्रनगरका लागि स्वास्थ्यकर्मी पठाएको थियो । त्यसपछि फेरि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीहरूको समायोजन मिलान सम्बन्धी व्यवस्था, २०७७ मा ५६ जना कर्मचारीलाई पठाएको नगरपालिकाको तथ्यांक छ । यी स्वास्थ्यकर्मीहरू वीरेन्द्रनगर अन्तर्गतको नगर अस्पताल, स्वास्थ्य चौकीलगायतका स्थानमा कार्यरत छन् ।
यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी तलब पठाउने जिम्मेवारी स्वास्थ्य मन्त्रालयको रहेको र मन्त्रालयले तलब नपठाएको जानकारी दिए ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया