'जय हो'को फर्स्टलुक सार्वजनिक

आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा जय होको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार प्रसारको सुरुवात गरिएको छ । निर्माण टिमले बिहीबार सिनेमाका दुई पोस्टर सार्वजनिक गर्दै प्रचार प्रसारको काम सुरु भएको जानकारी दिएको हो ।
सार्वजनिक दुई पोस्टरमा सिनेमाका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् । सिनेमाका सार्वजनिक दुई पोस्टर मध्ये पहलो पोस्टरमा केही व्याक्तिहरुलाई घोडामा आइरहेका छन्, भने उनीहरुलाई रोक्न सिनेमाका मुख्य पात्रले तिर चलाइरहेको देख्न सकिन्छ ।
यस्तै, अर्को पोस्टरमा अभिनेता माओत्से गुरुङ र निशा अधिकारीलाई मुस्ताङको लोकल गुरुङ पहिरनमा छन्, भने सलोन लामो कपाल र जुंगा फरक देखिएका छन् । अभिनेत्री केकी अधिकारी नाकमा बुलाकीसहित देखिदा अभिनेता अर्पण थापालाई नाकबाट रगत बग्दै गरेको घाइते अवस्थामा देख्न सकिन्छ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । राज के अधिकारी र सुरज सरकारको लगानी रहेको सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।
सौरभ लामाको छायांकन, शम्भुजित बास्कोटा र सागर आलेको संगीत, बनिश शाहको सम्पादन, सम्राट बस्नेतको द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रेनिस फागोको कलर, समीर मियाँको भिएफएक्स, सुवाष काफ्ले प्रोडक्सन हेड, केवलमान सिंह बस्नेत प्रोडक्सन म्यानेजर र समिर खान प्रोडक्सन डिजाइनर रहेको सिनेमाका मुख्य सहायक निर्देशक दिप्त प्रकाश अधिकारी हुन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया