आज बागमती प्रदेश सभाकाे बैठक बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज दिउँसो बस्दैछ । बैठक अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रमुख सचिव खड्का अनुसार, आगामी आर्थिक वर्ष २०८०।०८१ को आर्थिक सर्वेक्षणमाथि छलफल गर्न प्रदेश सभा बैठक आह्वान गरिएको हो । आजको बैठकमा प्रदेशको आर्थिक मामिला मन्त्री बहादुरसिं लामाले आर्थिक वर्ष २०८०।८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्ने कार्यसूची रहेको छ ।
प्रदेश सभाको बैठक यसअघि गत जेष्ठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो । नीति तथा कार्यक्रममा अत्यावश्यक कार्यक्रमहरु छुटाएको भन्दै प्रमुख प्रतिपक्ष रुष्ट छ ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया