'बाहुबली' अभिनेत्रीले १८ वर्षपछि तोडिन् ‘नो किसिङ’ नीति

मुम्बई -दक्षिण भारतीय फिल्म हुँदै बलिउडमा काम गरिरहेकी तमन्ना भाटियाले १८ वर्षपछि पर्दामा चुम्बन नगर्ने प्रतीज्ञा तोडेकी छिन् । उनले भर्खरै घोषणा गरेका प्रेमी विजय वर्मालाई पर्दामा चुम्बन गर्दै पुरानो वाचा तोडेकी हुन् ।
तमन्नाले सुजय घोष निर्देशित ‘लस्ट स्टोरिज २’मा विजयलाई चुम्बन गरेकी थिइन् छिन् । यो सिरिज केही दिनमा सार्वजनिक हुँदैछ । उनले चर्चाका लागि पुरानो वाचा ताडेको नभई कथाको माग भएकाले यसा गरेको बताएकी हुन् । ‘१८ वर्षे करियरमा मैले नसोचेको सफलता पाएकी छु । यो कुरा चर्चाका लागि गरेको होइन । कथामा यो दृश्य नभई नहुने भएपछि नै गरिएको हो,’उनको स्पष्टिकरण थियो ।
तमन्नाले भर्खरै मात्र आफू विजय वर्माको प्रेममा रहेको स्वीकार गरेकी थिइन् । उनले विजय आफूले खोजेजस्तै भएको बताउँदै अहिले जीवनमा खुसी रहेको बताएकी थिइन् । विजय र तमन्ना पहिलो पल्ट ‘लस्ट स्टोरिज २’मा देखिँदैछन् । यो सिरिज जुन २९ मा सार्वजनिक हुँदैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया