बेटिङ प्रचारको आरोपमा कलाकार राजु मास्टर, बल्छी ध्रुवे, युट्यूबर एलिससहित ८ जना पक्राउ

काठमाडौँ- वानएक्स बेटको विज्ञापन गरेको आरोपमा आठ जना कलाकारलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरहरूलाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) लिलाराज डाँगीले उनीहरूलाई हिजो नै पक्राउ गरिएको बताए ।उनका अनुसार हास्यकलाकार 'बल्छी ध्रुवे' मरिचमान श्रेष्ठ, 'म्याकुरी' पवन खतिवडा, राजुमास्टर उर्फ राजु पौडेल, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर 'जलन', गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) र भटभटे माइला भन्ने बेगम नेपाली छन्।
युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेका थिए ।

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

आँप धेरै खाएमा आउनेछ डन्डिफोर र देखिनेछ अनुहारमा दाग

अब अनलाइन दर्ता र नवीकरण प्रशासन कार्यालयबाट हुने

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

शर्मिला वाइबा पक्राउ

पोखरामा लागुऔषध कारोबारी बढ्दै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

प्रतिक्रिया