बागलुङमा ‘अतिथि शिक्षक’
गलकोट- बागलुङ नगरपालिकाले शिक्षाको गुणस्तर बढाउने उद्देश्यले अतिथि शिक्षक कार्यक्रम लागू गरेको छ । विद्यालयबीच शिक्षण पद्धति र सिकाइको अनुभव आदानप्रदान गर्ने उद्देश्यले अतिथि शिक्षक कार्यक्रम ल्याइएको हो ।
जस अन्तर्गत नगरपालिकाले एक विद्यालयका शिक्षकलाई अर्को विद्यालयमा अतिथि शिक्षकका रूपमा पठाउने गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा चार विषयका शिक्षकलाई अतिथि शिक्षकका रूपमा नियुक्ति गरी विद्यालय पठाएको नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले बताए ।
नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकलाई अतिथि शिक्षकका रूपमा अर्को विद्यालयमा पठाउने गरेको छ । शिक्षण क्रियाकलाप बढाउनका तथा अनुभव साटासाट गर्ने उद्देश्यले अन्तरविद्यालय सम्बन्ध सम्बन्ध बढाउन उक्त कार्यक्रम लागू गरिएको हो ।
'अन्य विद्यालयमा गइ पढाउँदा शिक्षक र विद्यार्थी दुवैलाई नयाँ सिकाइ र अनुभव प्राप्त हुन्छ,' पोख्रेलले भने, 'जुन विद्यालयमा नियुक्त भयो त्यही विद्यालयबाट अवकाश हुने पनि धेरै छन्, आफ्ना सीप र अनुभव वर्षौंसम्म एउटै विद्यालयमार्फत बाँड्ने बाहेक केही हुँदैन त्यसैले अर्को विद्यालयमा पुगेर आफ्नो ज्ञान सीप र शैली बाँड्दा शैक्षिक गुणस्तरमा वृद्धि हुने अपेक्षा लिएका छौँ ।'
'कार्यक्रम अन्तर्गत एक दिन आफ्नो विद्यालयमा आउने अतिथि शिक्षकले अध्यापन गराएको अवलोकन गर्ने र अर्को दिन अतिथि शिक्षक भएर आएको विद्यालयमा आफू अतिथि शिक्षकका रूपमा पढाउन जाने कार्यक्रम हो,' नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भने ।
उनका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै यो कार्यक्रम समावेश गरेको थियो । चालु आवमा गणित विषयमा मात्रै अतिथि शिक्षक लागू गरिएको र आगामी वर्ष सबै विषयमा अतिथि शिक्षक लागू गरिने उनको भनाइ छ ।
नगरपालिकाका संस्थागत र सामुदायिक विद्यालयका हरेक विषयका विषयगत शिक्षकले अब अन्य विद्यालयमा पुगेर अनिवार्य कक्षा सञ्चालन गर्नुपर्ने नगरपालिकाका शिक्षा अधिकृत गौरव राना मगरले बताए । कक्षा सञ्चालन गर्दा जुन विद्यालयमा जुन विषयको शिक्षक पुग्छ सोही विषयको शिक्षकले विद्यार्थीसँगै अतिथि शिक्षकको अनुभव सिक्नुपर्नेछ ।
हाल नगर क्षेत्रभित्रका २४ वटा सामुदायिक र १६ वटा संस्थागत विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा सञ्चालन जुन विद्यालयको विषयगत शिक्षकले कक्षा जहाँ पुर्याएको छ त्यहीँबाट सञ्चालन गर्ने गर्छन । शिक्षकले अर्को विद्यालय जाँदा आफ्नो विद्यालयले अवलम्बन गरेको असल अभ्यासबारेमा प्रधानाध्यापक तथा विषयगत शिक्षकलाई जानकारी दिने छन् भने आफूले अध्यापन गरेको पाठको पाठयोजनासहितको प्रतिवेदन विद्यालयमा र शिक्षा शाखामा बुझाउनुपर्नेछ । रासस

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

प्रतिक्रिया