सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

सानिमा बैंकका ग्राहकहरूलाई इसामु जापानिज रेष्टुरेन्टमा छुट

काठमाडौँ– सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न इसामु जापनिज रेष्टुरेन्ट (सान्छेन रामेन) दरबारमार्गमा छुटको व्यवस्था गरेको छ । 

उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट र क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएका छन् ।

बैंकले रेष्टुरेण्ट बिलमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । उक्त रेष्टुरेण्टमा ग्राहकहरूले विभिन्न प्रकारका जापनिज परिकारको स्वाद लिन सक्ने बताइएको छ ।