नेपाल फिलिपिन्ससँग १–० गोलले पराजित

काठमाडौँ- नेपाल फिलिपिन्सँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पराजित भएको छ । आज बिहीबार फिलिपिन्सको रिजल मेमोरियल मैदानमा भएको खेलमा नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भएको हो ।
फिलिपिन्सका लागि खेलको ४९औं मिनेटमा जाभिएर गायोसोले गोल गरेका थिए । खेलमा नेपालले केही राम्रा अवसर पाए पनि गोल गर्न सकेन ।
भारतमा हुने १४औं संस्करणको साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले फिलिपिन्ससँग खेलेको हो ।
साफ च्याम्पियनसिप भारतको बेङ्गलुरुमा असार ६ देखि १८ गतेसम्म हुनेछ । च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बङ्लादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्स सहभागी हुँदैछन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया