‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन्’ शब्द नहटाएसम्म कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर बालेनकाे चेतावनी

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बाेलेन्द्र शाह(बालेन)ले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा राखिएकाे ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म महानगरभित्रका कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका छन् । बिहीबार सामाजिक सञ्जालमा एक पाेष्ट सेयर गर्दै मेयर शाहले यस्ताे चेतावनी दिएका हुन् ।
उनले ‘आदिपुरुष’मा समावेश गरिएकाे ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने बताएका छन् । उनले लेखेका छन्, 'दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौँ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।'
यस्तै उनले यो सच्याउन तीन दिनको समय पनि दिइएको बताएका छन् । 'यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस,' उनले लेखेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया