कांग्रेसको प्रचार विभागमा ३९ सदस्य मनोनित (सूचीसहित)

काठमाडौँ - नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको सदस्यमा ३९ जना सदस्य मनोनित गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधानबमोजिम पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहनुभएको प्रचार विभागको सदस्यमा उनीहरूलाई मनोनयन गरेका हुन् ।
विभागको सदस्यमा दीपकप्रसाद कुइँकेल, गोपाल झा, कृष्णप्रसाद बस्याल, तिलक राई, गोविन्द परियार, चन्देश्वर खत्वे, गणेश केसी, शिला इजम, गङ्गाधर पराजुली, लोकराज ढकाल, सन्तबहादुर चेपाङ, राजु मास्के, उमिद वागचन, लीला खनाल, चेतराज रेग्मी, मिथलेश मिश्र, मोती पौडेल, पवन अधिकारी, कमला पाण्डे, फूलमाया सुनार मनोनित भएका छन् ।
यसैगरी विभागको सदस्यमा राजबहादुर गुरुङ, राघव गौतम, अनुषा नेपाल, निगम हुमागाईँ, गोविन्द मरासिनी, ई हुकुमबहादुर बुढा, रम्भा मिश्र, लवदेव ढुङ्गाना, दिनेशविक्रम शाह, सुरेश यादव, इन्द्र रिजाल, डा मो ओजिर देवान, पूर्णबहादुर नेपाली, अशोकनाथ योगी, विष्णुप्रसाद तिम्सिना, दीपेन्द्र वान्तवा, सज्जन ठाकुर, प्रकाश खरेल र विनोद मोक्तान मनोनित भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया