समालोचक सुवेदीको निधन

काठमाडौँ : वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।
विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मनुभएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् । त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ ले सुवेदीको निधनले साहित्यका क्षेत्रले ऊर्जाशील व्यक्तित्व गुमाएको र अपुरणीय क्षति भएको बताए ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया