ला लिगामा रियल र एथ्लेटिको विजयी, कसले जित्ला उपाधि ?
काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिड विजयी भएका छन् । आइतबार राती भएका आ आफ्नो खेलमा दुवै टिमले जित हात पारेका हुन् । रियलले एथ्लेटिक बिल्बाओलाई १-० गोलले पराजित गर्यो ।
उसका लागि नाचोले निर्णायक गोल गरे । यस्तै एथ्लेटिकोले ओसासुनालाई २-१ गोलले हरायो । एथ्लेटिकोलाई जिताउन रेनन लोडी र लुइस स्वारेजले गोल गरे । ओसासुनाका लागि आन्टे बुडमिरले एक गोल फर्काए ।
जितपछि रियलको ३७ खेलबाट ८१ अंक भएको छ भने समान खेलबाट शीर्ष स्थानको एथ्लेटिकोको ८३ अंक छ । तेस्रो स्थानको बार्सिलोनाको भने समान खेलबाट ७६ अंक छ । अब ला लिगाको उपाधि भिडन्त रियल र एथ्लेटिकोबीच छ ।
अन्तिम खेलमा दुवै टोलीले जित निकालेमा एथ्लेटिकोले उपाधि जित्नेछ । एथ्लेटिको पराजित भएमा रियलले बाजी मार्नेछ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया