अब डिजिटल चौतारा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा नेपाल अघि बढिरहेको छ । नेपालमा सबैभन्दा छिटो विकास भएको क्षेत्र सूचना प्रविधि नै हो । विश्वमा सूचना प्रविधि धेरै देशहरूको आर्थिक विकासको एक प्रमुख स्रोतन पनि मानिन्छ । सूचना प्रविधिको सहयोगले इमेलहरू, आवाज र भिडियो कलहरू छिटो, सस्तो पनि हुने गर्छ ।
चौतारा साँगाचोकगढी नगरपालिका पनि सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा अघि बढिरहेको छ । 'डिजिटल चौतारा' बनाउनका लागि काम अन्तिम चरण पुगेको नगरपालिकाका सूचना प्रविधि अधिकृत ईञ्जिनियर रोशन घिमिरे बताउँछन् ।
बागमती प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा नवप्रवर्तन साझेदारी कोष कार्यक्रम अन्तर्गत एकीकृत सूचना प्रणाली व्यवस्थापन नगरपालिकाले गर्दैछ । उक्त काम असार मसान्तभित्र सक्ने गरी नगरपालिकाले काम गरेको घिमिरे बताउँछन् । उक्त कार्यक्रमका लागि प्रदेश सरकारले १ करोड ४० लाख र नगरपालिकाको ६० लाख गरी २ करोड रुपैयाँमा नगरवासीको डिजिटल प्रोफाइल बनाउने काम अन्तिम चरणमा पुगेको घिमिरेले बताए ।
'हामी धमाधम नगरवासीको डिजिटल प्रोफाइल बनाउँदै छौँ । घरधुरी सर्वेक्षण सकेर प्रोफाइल बनाउने काम धमाधम भइरहेको छ'घिमिरेले भने 'त्यसमा नगरवासीको सबै डाटा हुन्छ । जस्तो कि कसको जीवनस्तर कसरी चल्दैछ । उनीहरूको आम्दानीको स्रोत के हो ? उनीहरूले के काम गर्छन् । विदेशमा छन् भने उनीहरूले घरमा के कति पैसा पठाउँछन् । उक्त पैसाले उनीहरूकव जीवनस्तर चल्छ कि चल्दैन् । उनीहरूको वार्षिक आम्दानी कति हो । कति खर्च हुन्छलगायत समेटिने छन् ।'
उक्त डिजिटल प्रोफाइलको काम असारभित्रै सकिने घिमिरेले बताए । नगरपालिकाको १४ वटै वडाका गरी हालसम्म १२,६९४ घरधुरी सर्वेक्षण कार्य सकिएको छ ।
त्यस्तै नागरिकलाई सुसुचित गराउन नगरपालिकाले डिजिटल बोर्ड पनि राख्ने लागेको उनले जानकारी दिए ।
'नगरपालिकाले अनलाईन सफ्टवेयर प्रणालीको काम गरिरहेको छ । त्यस्तै नगरपालिकाको सम्पुर्ण वडामा रहेका १०२६ जना उपभोक्ता समिति /टोल विकास समितिका पदाधिकारीहरू/प्रतिनिधिहरूलाई क्षमता अभिवृद्धि गर्नका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ' मेयर कृष्णप्रसाद सापकोटा देशबन्धुले भने । 'चौतारा नगरपालिकालाई डिजिटल चौतारा बनाउँदै छौँ' मेयर सापकोटाले भने 'यसका सबै काम अन्तिम अवस्थामा पुगेको छ ।'
नगरपालिकाले केही समयअघि मात्रै नेपाल पत्रकार महासंघको आयोजना र नगरपालिकाको आर्थिक सहयोगमा ६० जनालाई सूचनाको हक सम्बन्धी तालिम तथा ८० जनालाई डिजिटल पत्रकारिता सम्बन्धी तालिम प्रदान गरेको छ ।
नागरिकको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण गर्नका लागि चौतारा बजार क्षेत्रमा सिसिटिभि जडान गरी जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकबाट अनुगमन गर्ने व्यवस्था मिलाएको छ । शिक्षा मन्त्रालयको सहयोगमा नगरपालिका भित्रका सबै विद्यालयहरूमा ICT सफ्टवेयर जडान कार्य प्रारम्भ गरिएको छ।
नेपाल टेलिकम प्राधिकरणको १ करोड ५ लाख आर्थिक सहयोगमा नगरपालिकाले १४ वटै वडा, नगरपालिकामा रहेका सबै स्वास्थ्य संस्था र सबै सामुदायिक विद्यालयमा अप्टिकल फाइबरको इन्टरनेटको जडान धमाधम गरिरहेको छ । उक्त काम पनि असारभित्रै सकिने घिमिरेले बताए ।
'डिजिटिल चौतारामा बनाउने क्रममा अब नगरपालिकाको सबै वडा, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा इन्टरनेट जडान गरिरहेका छौँ' घिमिरे भन्छन् ' अहिले समयमा इन्टरनेटबाट कोही वञ्चित नहोउन भन्ने हाम्रो लक्ष्य हो ।'
नगरपालिकाले कार्यालयमै पैसा तिर्न आउने झन्झट्बाट पनि सेवाग्राहीलाई मुक्त बनाउँदै छ । अबको आर्थिक वर्षमा नगरपालिकाले डिजिटल पेमेन्ट सिस्टम बनाउन लागेको घिमिरेको भनाई छ ।
'अहिले सेवाग्राही सबै नगरपालिकामै आएर भुक्तानी गर्नुपर्ने अवस्था छ । अब त्यसलाई पनि हामी डिजिटल पेमेन्ट सिस्टम बनाउँदैछौँ' घिमिरेले भने 'नगरको घर नम्बर पनि अब डिजिटलबाटै दिनेछौँ ।'
उनकाअनुसार नगरका सबै स्वास्थ्य संस्थामा इहाजिरी र सिसि क्यामेरा जडान गरिँदै छ ।
सञ्चार क्षेत्रलाई विकास गर्नका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोककमा अध्यक्ष जीवन श्रेष्ठले बताए । नगरपालिकाले पत्रकार महासंघलाई १८ लाख रुपैयाँ सहयोग गरेको श्रेष्ठले बताए ।
'विकास निर्माणको सवालमा मठ, मन्दिर र सडक बन्नु मात्रै पनि विकास होइन् । सञ्चारको सफलता र सञ्चार सशक्ताले लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउँछ भने सुसुचित हुने अधिकार प्राप्त हुन्छ' श्रेष्ठले भने 'विकासको अर्को नमूना सञ्चार पनि हो । सञ्चार क्षेत्रमा लगानी जुन नगरपालिकाले गरेको छ त्यो स्वागत योग्य छ ।'

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

प्रतिक्रिया