मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

फुटबलरद्वय अजित र किशोर पनि अस्ट्रेलिया प्रस्थान

काठमाडौँ- राष्ट्रिय फुटबल टिमका डिफेन्डर अजित भण्डारीसँगै अर्को फुटबल खेलाडी किशोर गिरी पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । अजित र किशोर शुक्रबार अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।

राष्ट्रिय फुटबल टिमबाट ६ खेल खेलेका अजित नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका  थिए ।

यता किशोर भने हिमालयन शेर्पा फुटबल क्लबका गोल रक्षक हुन् । उनी नेपाली यू-२३ टिममा समेत रहेका थिए ।