मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एभरेष्ट बैंकको आर्थिक सहयोग

काठमाडौँ– एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग गरेको छ । 

बैंकले केन्द्रीय बाल अस्पताल सञ्चालनार्थ स्थापित काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अस्पताल भवन निर्माण कार्यका लागि दश लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । 

कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अस्पतालका अध्यक्ष प्राध्यापक डाक्टर भगवान कोइरालालाई कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका छन् । 

यसबाट बाल अस्पताल निर्माण लक्ष्यमा टेवा पुग्ने र बालबालिकाहरूले सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ । 

कार्यक्रममा नायब महाप्रबन्धक केशव राज पौडेल लगायत अन्य विशिष्ट व्यतित्वहरूको समेत उपस्थिति रहेको थियो ।