मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

नेपाल भूराजनीतिक भुमरीमा फस्दैछ : नेता काइरालालाई

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले आफ्नो औचित्य पुष्टि गर्न नसके नाम मात्रैमा सीमित बन्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले कांग्रेस व्यवहारवादी बन्दै चुक्दै गएको जिकिर गरे । कांग्रेसले सिद्धान्तहरूलाई छोड्दै जानु चिन्ताको विषय भएको उनकाे भनाइ छ । उनले कसैले पनि लोकरिझ्याइँकाे राजनीति गरेर चर्चा कमाउनुको कुनै अर्थ नरहने उल्लेख गरे ।

नेता कोइरालाले कांग्रेस विगतको गौरवमय चरित्रमा अलमलिन थालेको महसुस आफूले गरेको पनि बताए । उनले अहिले कुनै पनि संवैधानिक संस्थाहरूमा सबल बन्न नसकेको जिकिर गर्दै संसदको समेत अवस्था चिन्ताजनक रहेको उल्लेख गरे । उनले संसदमा प्रधानमन्त्री बोलेपछि संसद् रोकिनु, प्रधानमन्त्री बोले लगत्तै प्रमुख प्रतिपक्षी दलको नेता बोल्नु संसदीय मर्यादा विपरीत भएको बताउनु भयो । 

नेता कोइरालाले राजनीति देशमा कुनै पनि ठाउँमा राम्रो नरहेको दाबी गरे । उनले सरकारले संवैधानिक निकायहरू निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग लगायतका निकायहरूको अधिकार कटौती गर्दासमेत सांसदहरू मौन बसेको बताए । उनले सरकारले मुलुकमा सुशासन दिन नसकेको बताए ।

उनले अदालतका निर्णयहरू सरकारले नमान्ने जस्ता दण्डहीनताका कामहरू गरिरहेको बताए । नेता कोइरालाले देश भूराजनीतिक भुमरीमा फस्दै गएको बताए ।

नेता कोइरालाले लोकप्रियताको नाममा लोकरिझ्याइँकाे राजनीति हाबी हुँदै गएको प्रति चिन्ता व्यक्त गरे ।