युरो कप छनोटः इंग्ल्यान्ड र फ्रान्सको जित

काठमाडौँ- आगामी वर्ष जर्मनीमा हुने युरो कप २०२४ को छनोटअन्तर्गत इंग्ल्यान्ड र फ्रान्स विजयी भएका छन् । शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले माल्टा तथा फ्रान्सले गिब्राल्टारलाई पराजित गरेका हुन् ।
समूह ‘सी’ अन्तर्गतको खेलमा इंग्ल्यान्डले माल्टालाई ४-० ले पराजित गरेको हो । इंग्ल्यान्डको जितमा ट्रेन्ट अलेक्जान्डर-आर्नोल्ड, ह्यारी केन र कालुम विलसनले एक-एक गोल गर्दा माल्टाका फर्डिनान्डो अपापले एक आत्मघाती गोल गरे ।
यता समूह ‘बी’ मा फ्रान्सले गिब्राल्टारलाई ३-० गोलअन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा ओलिभियर जिरोड र कायलियन एमबाप्पेले एक-एक गोल गर्दा गिब्राल्टारका अयमेन माउल्हीले एक आत्मघाती गोल गरे ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया