कर्णालीको बजेट मुुख्यमन्त्री र मन्त्री केन्द्रीत

सुर्खेत । कर्णाली सरकारले शुक्रबार ल्याएको बजेटप्रति प्रमुख प्रतिपक्षी दल एमालेले असन्तुष्टि जनाएको छ । बजेट नागरिकका मुद्धा समेट्ने भन्दा पनि वितरणमुखी रहेको एमाले कर्णाली प्रदेशका अध्यक्ष एवम् सांसद विनोदकुमार शाहले प्रतिक्रिया दिए ।
‘आगामी वर्षको लागि ल्याइएको बजेट नागरिकका समस्या समाधान गर्ने खालका छैनन्’ उनी भन्छन्, ‘वितरणमुखी रहेको बजेटले अहिलेको आर्थिक मन्दीलाई सम्बोधन गर्ने खालको छैन ।’
उनले अहिलेको बजेट मुख्यमन्त्री र मन्त्री केन्द्रित रहेको प्रतिक्रिया दिए । ‘बजेटमा मुख्यमन्त्री तथा मन्त्रीका निर्वाचन क्षेत्रमा पठाइएको छ तर, प्रतिपक्षी दलका सांसदहरूको निर्वाचन क्षेत्रमा भने बजेट हालिएको छैन’ शाहले इकागजसँग कुरा गर्दै भने, ‘बजेटमा स्वरोजगारका कुराहरू धेरै गरिएका छन्, नाराहरू पनि धेरै ल्याइका छन्’ तर,बजेट भने असन्तुलित ल्याइएको छ ।’
अघिल्लो आर्थिक वर्षमा ७१ करोड आन्तरिक राजस्व उठ्ने लक्ष्य लिएको भएपनि त्यो पूरा नभएको उनले बताए । उनका अनुसार सरकारले अहिले ८० करोड राजस्व उठाउने लक्ष्य राखेको भए पनि अहिलेको आर्थिक मन्दीको अवस्थामा पुरा हुन नसक्ने शाहको भनाई छ । ‘आर्थिक अवस्था राम्रै भएको बेलामा त लक्ष्य अनुसारको राजस्व उठेन भने अहिले त झन् आर्थिक मन्दीले देश ग्रस्त भएको बेला गाह्रो नै देखिन्छ’ उनी भन्छन्, ‘लक्ष्य मात्र राखेर भएन त्यो पुरा हुने खालको राख्न पर्छ ।’
एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले बजेट उत्साहजनक नभएको प्रतिक्रिया दिए ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ । शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले २०८०/०८१ उक्त बजेट विनियोजन गरेका हुन् ।
चालूतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । बजेटमा स्थानीय तहको वित्तीय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया