हेटौंडा उपमहानगरले ल्यायो दुई अर्ब ६० करोडको बजेट

मनहरी- हेटौंडा उपमहानरगपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि दुई अर्ब ६० करोड ६५ लाख ४० हजार आठ सय रुपैयाँ अनुमानित बजेट विनियोजन गरेको छ ।
आज आयोजित १३औँ नगर सभाबाट उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । उनले आगामी आर्थिक वर्षका लागि खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट रु ८३ करोड ६६ लाख ६२ हजार, राजस्व बाँडफाँटबाट रु ५९ करोड १४ लाख १० हजार, प्रदेश सरकारको विभिन्न शीर्षक अन्तर्गत अनुदानबाट रु तीन करोड ३४ लाख ६८ हजार, सङ्घीय सरकारको अनुदानबाट रु एक अर्ब १४ करोड ५० लाखबाट बेहोरिने जानकारी दिए ।
उपप्रमुख बानियाँले क्षेत्रगत रुपमा नगरभित्रका विकासका लागि बजेट प्रस्तुत गरेका थिए ।
उपप्रमुख बानियाँले सभामा नगरको प्रगति समीक्षा गर्दै चालु आवमा रु तीन अर्ब ३३ करोड १३ लाख ४५ हजार संशोधित स्वीकृत अनुमान गरेकामा हालसम्म रु एक अर्ब ७० करोड ७२ लाख ३८ हजार ९८८ राजस्व तथा अनुदान सङ्कलन भएको जानकारी दिए । उनका अनुसार बजेट तथा खर्चको विवरणअन्तर्गत चालुतर्फ रु एक अर्ब ५६ करोड ५८ लाख ५७ हजार विनियोजन भएकामा रु एक अर्ब सात करोड ६६ लाख ७० हजार खर्च भएको छ ।
उपप्रमुख बानियाँले पुँजीगततर्फ कूल रु एक अर्ब ६५ करोड ३९ लाख ८७ हजार बजेट विनियोजन भएकामा हालसम्म रु ७० करोड ७९ लाख १३ हजार खर्च भएको बताए । वित्तीय व्यवस्थातर्फ रु एक करोड १५ लाख विनियोजन भएकामा रु ८५ लाख ६५ हजार खर्च भएको उनले जानकारी दिए । रासस

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया