चुरे संरक्षण दिवस देशैभरि मनाइयो

काठमाडौँ - नवौं चुरे संरक्षण दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि देशैभरि मनाइएको छ ।
राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले शनिवार स्थापनाको अवसरमा नवौं चुरे संरक्षण दिवस मनाएको हो । समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षरोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् ।
सरकारले २०७१ असार २ गते समितिको गठन गरेको थियो । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्य लिएको एकमात्र राष्ट्रिय गौरवको आयोजना हो । दिवसका अवसरमा डिभिजन वन कार्यालय उदयपुरको आयोजना तथा डिभिजन वन कार्यालय हडिया सुन्दरपुरको समन्वयमा जिल्लाकै ठुलो नदी त्रियुगा नदिको उकास जग्गा आसपासका क्षेत्रमा वृक्षरोपण गरिएको छ ।
चौदण्डीगढी नगरपालिका १० स्थिती महाभारत सामुदायिक वन उपभोक्ता समितिको हाताभित्रको नदी उकास रहेको २० हेक्टार जग्गामा खयर, अमला र टिक जातको विरुवा रोपेर दिवस मनाइएको हो । दिवस अन्तर्गत नै झन्डै एक हेक्टर जमिनमा खयरको बिउ मैकै रोपेझै रोपिएको छ ।
पुर्वी नेपालको इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३७ वटा जिल्लामा फैलिएको चुरे कूल भू–भागको १२ दशमवलव ७८ प्रतिशत क्षेत्रमा फैलिएर रहेको छ ।

जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणमा विज्ञको जोड

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

प्रतिक्रिया