भुटानी शरणार्थी प्रकरणमा जोडिएका सांसदहरूलाई पार्टीबाटै निष्कासन गर्न रविकाे चुनौती
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सांसदहरूलाई पार्टीबाटै निष्कासन गर्न चुनौती दिएका छन् ।
रास्वपा काठमाडौं निर्वाचन क्षेत्र नम्वर ७ को प्रथम क्षेत्रीय भेलालाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै लामिछानेले आफ्ना सांसदको अडियो टेप सार्वजनिक हुने बित्तिकै साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको भन्दै शरणार्थी प्रकरणमा जोडिएका सांसदहरूलाई पार्टीबाटै निष्कासन गर्न सम्बन्धित दललाई चुनौती दिएका हुन् ।
सिंहदरबार र बालुवाटारमा पैसा बुझ्नेहरू पूर्पक्षका लागि जेल चलान भएको अवस्थामा निर्वाचन क्षेत्रमा पुन: निर्वाचन हुने गरी निष्कासन गरे आफूहरू प्रतिष्पर्धामा उत्रने उनले बताए । उनले रास्वपाभित्र भ्रष्टाचार लगायतका क्रियाकलाप मात्रै नभई सपनामा पनि भ्रष्टाचार गरिएको देख्न पाउने छुट नरहेको उल्लेख गरे ।
लामिछानेले मुलुकमा भएका परिवर्तनको मानमर्दन गर्ने छुट कसैलाई पनि नभएको भन्दै जनताले चाहेको परिवर्तन बल्ल सुरु हुन लागेको बताए । त्यस्तै उनले देशका विभिन्न स्थानमा बजेको घण्टीको आवाज अव नरोकिने भन्दै आगामी निर्वाचन केन्द्रित कार्यक्रममा जुट्न आह्वान गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया