म ठूला कुरामा मात्रै बोल्छु, साना कुरामा बोल्न भ्याउँदिनँ : रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीहरूलाई एकैपटक जेलमा कोच्नु नै आफ्नो पार्टीको विचार भएको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी पंक्ति अब देशमा गन्न नसकिने रूपमा अघि बढिसकेको बताए । उनले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरूलाई चुनी चुनी कानुनी दायरामा ल्याउनु रहेको बताए ।
लामिछानेले पार्टीलाई दुई तिहाईमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने स्पष्ट पारे । उनले अब आफू सधैं ठूला कुरामा मात्रै बोल्ने र साना कुरामा बोल्ने समय आफूसँग नरहेको जिकिर गरे । उनले साना कुराहरूमा पार्टीका अन्य नेताहरू बोल्ने बताए ।
सभापति लामिछानेले जनताले आफ्नो पार्टीबाट चाहेको पहिलो काम भ्रष्टाचार नियन्त्रण रहेकाले आफूहरू त्यो लक्ष्य प्राप्तिका लागि लडिरहने बताए । उनले आफ्नो पार्टीमा संलग्न भ्रष्टाचारीहरूलाई पार्टीबाट निष्कासित गरी उनीहरूले जितेका निर्वाचन क्षेत्रमा निर्वाचन गर्ने व्यवस्था गर्न चुनौती दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया