ह्वावे र आइएफएनबीच डिजिटल नेपाल कन्क्लेभ २०२३ सम्बन्धी सम्झौता

काठमाडाैं । ह्वावे र आइसिटि फाउण्डेसन नेपाल (आइएफएन) ले आगामी साता ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजना गर्ने सम्बन्धमा सहकार्य गरेका छन् । कार्यक्रमको उद्देश्य नीति निर्माताहरू, उद्योग विशेषज्ञहरू, विचारधाराहरूका साथै विभिन्न इकोसिस्टम साझेदारहरूलाई एकै ठाउँमा ल्याएर राम्रो र डिजिटल रूपमा सक्षम नेपाल निर्माणका लागि छलफल गर्नु रहेको छ ।
ह्वावे नेपालको कार्यालयमा भएको समझदारीपत्रमा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत ह्वाङ जुन र आईएफएनका अध्यक्ष राजन लम्सालले सम्बन्धित संस्थाको तर्फबाट हस्ताक्षर गरेका छन् । कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन दुवै पक्ष मिलेर काम गर्ने सहमति भएको छ ।
कार्यक्रम असार ८ र ९ गते सोल्टी होटल काठमाडौंमा हुनेछ । कार्यक्रममा विभिन्न देशका विषय विज्ञहरुको सहभागिता रहनेछ । “डिजिटल्ली सक्षम, सबल नेपाल” भन्ने नाराका साथ आयोजना हुने उक्त कार्यक्रमले डिजिटल रुपान्तरणका लागि नेपालको क्षमताका साथै त्यससंग सम्बन्धित आवश्यक नीति नियमहरु र तिन्को कार्यान्वयन पक्षमाथि विशेष जोड दिनेछ ।
डिजिटल नेपाल कन्क्लेभ २०२३ को प्रि-इभेन्ट अभियानको रूपमा, आइएफएनले नेपालका सातै प्रदेशमा डिजिटल प्रदेश संवाद ४.० पनि आयोजना गरेको छ । डिजिटल नेपाल कन्क्लेभ गत वर्ष आइएफएनद्वारा सुरु गरिएको एउटा कार्यक्रम हो ।
डिजिटल नेपाल कन्क्लेभ २०२३ को साथसाथै, ह्वावेले उद्यम, दूरसञ्चार र आईसीटी कम्पनीहरूलाई फाइदा पुग्ने अत्याधुनिक प्रविधिहरू र समाधानहरूले आफ्नो प्याभिलियनलाई सुसज्जित गरेर मोबाइल नेपाल कांग्रेस (एमएनसी) आयोजना गर्नेछ ।
ह्वावेले गिगाभर्स इनिसिएिटिभ, अल्ट्रा–अटोमेसन स्पीड अप, सेवाको रुपमा इन्टिलिजेन्ट कम्प्युटिङ्ग एण्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरु, र एमएनसीको लागि वातावरणीय, सामाजिक तथा सुशासनको विषयवस्तुको रुपमा आफ्नो मार्ग निर्देशिका तय गरेको छ ।
ह्वावेले मोबाइल नेपाल कांग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई तिब्रता दिनको लागि देशमा विश्वव्यापी आविष्कार र समाधानहरूलाई छलफलमा ल्याएर यसको सान्दर्भिकता र व्यापारको सम्भावनामा योगदान हुने विश्वास लिएको छ ।

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

प्रतिक्रिया