नेसन्स लिगः क्रोएसिया र स्पेनबीचको फाइनल आज राति

काठमाडौँ- युईएफए नेसन्स लिगको उपाधिका लागि आज राति क्रोएसिया र स्पेन भिड्दैछन् । क्रोएसिया र स्पेनबीचको फाइनल खेल नेदरल्याण्ड्सको डे कुइप स्टेडियममा नेपाली समयअनुसार राति १२:३० बजेबाट सुरु हुनेछ ।
गत बुधबार आयोजक नेदरल्याण्ड्सलाई अतिरिक्त समयमा ४-२ गोलले हराएर क्रोएसिया पहिलो पटक नेसन्स लिगको फाइनलमा पुगेको हो ।
यता बिहीबार भएको अर्को सेमिफाइनलमा स्पेनले इटालीलाई २-१ गोलले हराएको थियो । २०२१ को फाइनलमा फ्रान्ससँग २-१ गोलले पराजित भएको स्पेन यसपटकको फाइनलमा भने नतिजा आफ्नो पक्षमा पार्न चाहन्छ ।
नेसन्स लिगको उपाधि जित्ने राष्ट्रले ११.३ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ ।
यता, आयोजक नेदरल्याण्ड्स र इटालीबीच तेस्रो स्थानको लागि आज खेल हुँदैछ । नेदरल्याण्ड्स र इटालीबीचको खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया