नवल खड्काको 'काँडेतार' शिवरात्रीमा

काठमाडौँ - निर्माता तथा निर्देशक नवल खड्काले आइतबार आफ्नो जन्मदिनको अवसर पारेर ‘काँडेतार’को प्रदर्शन मिति घोषणा गरेका छन् । पोस्टर सार्वजनिक गर्दै उनले फागुन २५ गतेलाई प्रदर्शन मितिको रुपमा तय गरेका हुन् । यो दिन शिवरात्रीको सार्वजनिक बिदा परेको छ ।
नेपाल र भारतको सीमामा काँडेतार लगाएर सीमा व्यवस्थित गर्नुपर्छ भन्ने सन्देश दिने यो फिल्मलाई खड्काले नै निर्माण तथा निर्देशन गरेका हुन् । उनले आफूले सीमाको कुरा उठाएकाले सरकारले कर छुट लगायतका अनुदान दिन पनि आग्रह गरेका छन् ।‘चलचित्र काँडेतारलाई राज्यद्वारा आर्थिक अनुदान, करमा छुट, स्वदेशमा सिङ्गल प्रर्दशन गर्नै वातावरण र विदेशमा प्रदर्शन गर्न कुटनैतिक पहल होस्,’ उनको माग छ ।
सेन्सर बोर्डले केही दृश्य र संवादमा आपत्ति जनाउँदै केही समय रोकिएको फिल्म केही दृश्य हटाएपछि सेन्सर पास भएको थियो । यो फिल्म राष्ट्र र राष्ट्रियताको कथा पेश गर्ने उनको जिकिर छ । फिल्ममा नवलसँगै गौरव पहारी, रेविका गुरुङ, सुरबिना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीको अभिनय छ । श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको नृत्य छ ।
नवलसँगै माकिको राई र अञ्जु केसी फिल्मको निर्मातामा छन् भने कार्यकारी निर्माता सत्यकला राई हुन् । फिल्ममा मणि थापा र दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया