प्याजको भन्सार बिल बनाएर कपडा तस्करी

मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले डेढ करोडको अबैध सामग्रीहरू बरामद गरेको छ ।
भारतीय ट्रकमा प्याजका बोराहरूले छोपेर प्याजकै भन्सार बिल बनाई भन्सार छलेर ल्याइएको सामान प्रहरीले बरामद गरेको हो । जसमा विभिन्न किसिमका ९० बोरा अबैध कपडाहरू छन् । कपडासँगै २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालय समेतको निगरानीमा खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा उक्त सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक टेबबहादुर कार्कीले इकागजलाई बताए ।
हेटौंडा-१५ स्थित रातोमाटे चेकपोष्ट अगाडी पुर्व पश्चिम सडकखण्डमा सिराहाबाट हेटौडा तर्फ आउदै गरेको 06 GE 5053 नम्बरको भारतीय ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा सो ट्रकको पछाडिको भागमा चारैतिरबाट प्रति बोरा ५० किलोको १६८ बोरा प्याजको भन्सार काटी प्याजकै बोराहरूले छोपीबीच भागमा कपडा राखिएको थियो ।
कपडासँगै ट्रक चालक भारत पन्जाब राज्य जिल्ला लोदियाना ग्राम रसलपुर वडा नं ७ बस्ने वर्ष ३३ को रन्जौद सिंह र सह चालक भारत बिहार राज्य जिल्ला मोजफरपुर ग्राम माहामाद बस्ने वर्ष २६ को सुधीर कुमार सहनीलाई नियन्त्रणमा लिइएको छ ।
बरामद गरिएको सामग्री थप अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय हरिहर भवन ललितपुर पठाइने कार्कीले बताए ।
जसमा पाइन्टको कपडा १ करोड २८ लाख ९६ हजार मूल्यको रहेको छ । यसैगरी सुटको कपडा ३ लाख, सर्टको कपडा १६ लाख ७६ हजार २५० रुपैयाको रहेको प्रहरीले अनुमान गरेको छ ।
यसैगरी कुर्था १ लाख ३ हजार रुपैयाँको, कोरा कपडा ५ लाख २५ हजार ४४७ रुपैयाको रहेको अनुमान प्रहरीले गरेको छ ।
ढुवानीमा प्रयोग भएको ट्रकको अन्दाजी मुल्य २० करोड रहेको कार्कीले बताए । यसैगरी सोही ट्रकमा ढुवानी गरिरहेको अन्दाजी ८४ कुन्टल प्याज पनि बरामद गरिएको छ ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया