प्रधानमन्त्री ओलीको शपथ दोहोर्याउन माग गर्दै सर्वोच्चमा अर्को रिट

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ मा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिदाँ त्रुटी भएको भन्दै अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही, तेजकुमार लोहीया, प्रकृति खड्का, वीरभद्र जोशी र डायमण्ड लामिछानेले परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
उक्त रिटमा प्रधानमन्त्रीले ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य–निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भन्नुपर्नेमा ‘प्रतिज्ञा गर्छु’ भन्न नमानेको र राष्ट्रपतिले दोहोर्याएर भन्दा पनि ‘त्यो पर्दैन’ भन्दै सम्मानित राष्ट्रपति संस्थालाई निर्देशनात्मक आदेश दिएकोले यो संविधान प्रतिकूल भएको उल्लेख छ ।
त्यस्तै, प्रधानमन्त्रीले म केपी शर्मा ओली भनी आफ्नो नाम उच्चारण गरेकोमा संक्षिप्त अंग्रेजी नाम संविधानले नचिन्ने भन्दै आफ्नो पूरा नाम खड्गप्रसाद शर्मा ओली भन्नुपर्ने रिटमा उल्लेख छ । प्रधानमन्त्रीको शपथ दोहोर्याउन माग गर्दै अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली लगायतसमेतको गरी सर्वोच्चमा चारओटा रिट परेको छ ।
यस्तो छ रिटको व्यहोरा

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया