फिल्ममा पैसा घटाउन तयार छिन् तापसी

मुम्बई : महामारीले दुई वर्षयता फिल्म उद्योग ठप्प छ । पहिला चरणको संक्रमण खेपेर सामान्य दैनिकीमा फर्कन लागेको समयमा दोस्रो वेभ आएपछि भारतमा फिल्म क्षेत्र धरासायी बन्ला भन्ने चिन्ता बढेको छ । के कलाकार यो समयमा आफ्नोतर्फबाट केही योगदान गर्न तयार छन् ?
तापसी पन्नुले भने आफू नयाँ परिस्थितिमा आफूले लिइरहेको पारिश्रमिक पनि कम गर्न तयार रहेको बताएकी छिन् । ‘अहिले सुटिङ भइरहेको छैन । कसैले मलाई कम पैसामा भए पनि काम गर भन्यो भने म गर्न तयार छु,’ उनले भनेकी छिन् ।
‘पिंक’ र ‘थप्पड’को सफलतापछि सबैको नजरमा परेकी तापसी अभिनयसँगै सामाजिक सञ्जालमा पनि सक्रिय छिन् । कंगना रनावतसँग ट्विटरमा भिडिरहने कंगनाले हालसालै अनुराग कश्यपको निर्देशनमा बनेको ‘दोबारा’काम गरेकी छिन् ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया