मुख्यमन्त्रीहरुको क्लब निर्माण गर्नुपर्छः पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ - नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सातै प्रदेशका मुख्यमन्त्रीहरुको क्लव निर्माण गर्नुपर्ने बताएका छन् ।
आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सातै प्रदेशका मुख्यमन्त्रीहरुले आफ्नो अधिकार प्राप्तिका लागि प्रधानमन्त्रीलाई दबाब दिन एउटा क्लव बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले सबै प्रदेशका मुख्यमन्त्री भइसकेपछि फरक पार्टीका हुने र त्यसले प्रधानमन्त्रीलाई प्रदेशका अधिकार काट्नबाट दबाब सिर्जना हुने बताए । उनले सांसदहरुले मनपरी खर्च गर्ने, आर्थिक नियमावली पालना नगर्ने भन्ने आरोपहरु लाग्ने गरेको भन्दै त्यसमा पनि चनाखो हुन आवश्यक रहेको बताए ।
उनले भने, ‘सांसदहरुले मनपरी खर्च गर्छ, आर्थिक नियमावली पालना गर्दैनन्, धेरै बेरुजु त्यहीँ देखिन्छ भन्ने गरी गाली गर्दछन्, त्यसैले हामीले आफूलाई पनि ठिक ढंगबाट चलाउनुपर्छ । कमसेकम मुख्यमन्त्रीहरु माथि
मन्त्री हुने स्तरका नराख्ने र पार्टीबाट निकालेर दिँदा व्यवस्था बदनाम हुन्छ । हामीले जनताको सेवा पूरा गर्न सकेका छैनौँ । यो बजेटप्रति गाउँपालिका, नेपाल नगरपाकिला संघको गम्भीर असहमति छ । मुख्यमन्त्रीहरुको एउटा संघ बनाएर प्रधानमन्त्रीलाई आफ्नो अधिकारको लागि दबाब दिनुपर्छ । केन्द्र सरकार संघीयताबिरुद्ध लागिरहेको छ भने मुख्यमन्त्रीको क्लवले दबाब दिनुपर्छ ।’
उपमहासचिव गुरुङले सांसदहरुले आफूलाई सच्याएर अघि बढ्न जरुरी रहेको बर्ताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया