सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

मोइन अलीलाई आचार संहिता उल्लंघन गरेको आरोपमा जरिवाना

काठमाडौँ- अस्ट्रेलियाविरुद्धको एशेज टेस्ट सिरिजको पहिलो खेलमा इङ्ग्ल्यान्डका अलराउन्डर मोइन अलीले आईसीसीको आचार संहिता उल्लंघन गरेको आरोपमा जरिवाना तिर्ने भएका छन् । अलीले खेल शुल्कको २५ प्रतिशत जरिवाना तिर्नुपर्ने आईसीसीले जनाएको छ । 

अलीले खेलको भावनाविपरीत आचरण प्रदर्शन गरेको आईसीसीले उल्लेख गरेको छ ।

अलीले फिल्डिङ गर्ने क्रममा बाउन्ड्री लाइनमा आफ्नो बलिङ गर्ने हातमा ‘ड्राइङ एजेन्ट’ लगाएका थिए । घटना अस्ट्रेलियाको पहिलो इनिङ्सको ८९ औं ओभरमा भएको थियो । 

पछिल्लो २ वर्षमा  इङ्ग्ल्यान्डका अलराउन्डरको यो पहिलो अपराध हो ।