एनसेलले ल्यायो आकर्षक भ्वाइस प्याक

काठमाडौँ– एनसेलले आकर्षक अनलिमिटेड भ्वाइस प्याक ल्याएको छ ।
एनसेलका ग्राहकले अब नेपालका कुनै पनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरूमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरूबाट फाइदा लिन सक्छन् ।
एनसेल आजियाटा लिमिटेडले ग्राहकहरूको सञ्चार सेवाका लागि सुलभ दरमा सेवा लिन सकिने गरी तीन अनलिमिटेड भवाइस प्याकहरू सञ्चालनमा ल्याएको जनाएको छ ।
प्रिपेड र पोष्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने यी अनलिमिटेड टकटाइम रहेका प्याकहरू यही जेठ ३२ बाट सञ्चालनमा आएका हुन् ।
आफ्नो भवाइस सेवाको आवश्यकता अनुसार ग्राहकले एक दिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक, एक दिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक वा सात दिने समयासीमा रहेको अन–नेट अनलिमिटेड भवाइस प्याक लिन सक्ने बताइएको छ ।
ग्राहकले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स १ एष्ट्रिक्स ५ ह्यास डायल गरि यो प्याक लिन सक्छन् । त्यसै गरी एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ एष्ट्रिक्स ४ ह्यास डायल गरी एनसेलका अन्य नम्बरहरूमा २४ घन्टासम्म अनलिमिटेड कल गर्न सकिने एक दिने अन–नेट अनलिमिटेड टकटाइम करसहित ३० रुपैयाँमा सुचारु गर्न सक्नेछन् ।
आफ्ना ग्राहकहरूलाई सुलभ दरमा सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धता अनुसार यी अनलिमिटेड भवाइस प्याकहरू ल्याइएको एनसेलले जनाएको छ ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया