महानगर भन्छ –भोलिदेखि आदिपुरुष चल्दैन, हल भने बेचिरहेछन् टिकट धमाधम

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शुक्रबार भारतीय फिल्म ‘आदिपुरुष’मा रहेका विवादास्पद संवाद नहटाए सोमबारबाट ‘आदिपुरुष’को प्रदर्शन रोक्ने चेतावनी दिएका थिए । यसका लागि उनले शुक्रबार नै फिल्मको प्रदर्शन रोक्न सञ्चारमन्त्रालयलाई पत्र पठाएका थिए । प्रधानमन्त्री कार्यालय, विकास बोर्ड र परराष्ट्र मन्त्रालयलाई समेत बोधार्थ दिएको पत्रलाई कसले के जवाफ दिए सार्वजनिक भएको छैन ।
तर महानगरले सोमबारदेखि चलचित्र प्रदर्शन नगराउन काठमाडौँका हललाई मौखिक सूचना जारी गर्न थालेको छ । महानगरका सचिवालय सदस्यले भोलिबाट फिल्म प्रदर्शन नगराउन खबर गरिसकिएको बताएका छन् ।‘हामीले मौखिक रुपमा नगर प्रहरीमार्फत खबर पठाइरहेका छौँ । हाम्रो क्षेत्रभित्र रहेका हलमा चलचित्र प्रदर्शन हुँदैन,’ ति सचिवालय सदस्यले इकागजसँग कुराकानी गर्दै भने । महानगरसँग चलचित्र घरसँग कर उठाउनेबाहेक अरु अधिकार नभएको चर्चा भइरहँदा सचिवालय सदस्यले आफूहरूलाई प्रदर्शन रोक्ने अधिकार पनि रहेको जिकिर गरेका छन् ।
यही बीच बालेनले फेसबुकमा स्ट्याट्स लेख्दै नेपालको संविधानको धारा ५ र ५६ को उपधारा ६ ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने अधिकार दिएको जिकिर गरेका छन् । लेखिएको छ, ‘ नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ ।’ बालेनले चलचित्रको प्रदर्शन रोक्ने घोषणा गरे पनि सिनेमा हलले भने भोलिका टिकट बिक्रि गरिसकेका छन् । हलले पनि आफूहरुलाई अहिलेसम्म कुनै सूचना नआएको बताएका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया