काठमाडौँ महानगरले भोलिदेखि कुनै पनि भारतीय फिल्म चल्न नदिने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले भोलि (सोमबार)देखि महानगरभित्र कुनै पनि भारतीय चल्न नदिने भएको छ । ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी हुन्' भन्ने विवादित अंश नहटाएपछि महानगरले भोलिदेखि भारतीय सिनेमा प्रदर्शनमा रोक लगाउने तयारी गरेको हो ।
काठमाडौँ महानगरका मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले भारतमा उक्त विवादित अंश नहटाइकनै प्रदर्शन भइरहेकाले महानगरले यस्तो निर्णय गरेकाे बताए । ‘हामीले उक्त अंश हटाउन तीन दिनको समय दिएका थियौँ । तर, तीन दिन बितिसक्दा पनि फिल्मबाट त्यो अंश हटाइएन,’ बजगाईंले इकागजसँग भने, ‘भारतले सधैं हाम्रो राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार गर्दै आएको छ । यसपल्ट हामी त्यो स्वीकार्दैनौँ ।’
नगर प्रहरीले आज महानगरभित्रका हलहरूमा गएर सोमबारदेखि कुनै पनि भारतीय फिल्म नचलाउन आग्रह गरेको उनले जानकारी दिए ।
मेयर बालेनले गत बिहीबार उक्त विवादित अंश नहटाइ नेपालसहित अन्य देशमा समेत प्रदर्शन गरेमा भारतीय फिल्म प्रदर्शन गर्न नदिने चेतावनी दिएका थिए ।

शाहरूख खानको छिमेकी बन्दै आमिर खान, लिए नयाँ फ्लाट

जसले फिल्म खेलेबापत नाफाको हिस्सा लिन्छन्

डा. श्रीधर खनालको ‘सावर्णि’ लाई 'सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५' प्र…

गायिका सिर्जना खत्रीको हाउडेमाया तिज गित ‘नारी मस्तिमा’

शाहरूख खानले पाए २ लाखको पुरस्कार

सलमानको एक फिल्म बन्न २० वर्ष लाग्यो, बक्स अफिसमा सुपरफ्लप

डार्क कमेडी फिल्म ‘ताराहरू’ को नयाँ पोस्टर सार्वजनिक

प्रतिक्रिया