मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

‘आइएमई पे’ले ल्यायो एअरलाईन्स टिकटमा ‘क्यासब्याकको वर्षा’

काठमाडौँ– ‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पे मा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ ।


असार तीनदेखि एक हप्ताका लागि चल्ने ‘एयरलाइन्समा क्यासब्याकको वर्षा’ अफरमा ग्राहकले प्रत्येक दिन साँझको चारदेखि ६ बजेसम्म कुनै पनि एयरलाइन्सको टिकट काट्दा २०० रुपैयाँ क्यासब्याक पाउने बताइएको छ । 

सो अन्तराल भित्र एयरलाइन्सको टिकट काट्ने ग्राहकले प्रोमोकोडहरूको प्रयोग गरेर पाउने छुटसहित यो छुट पनि पाउने छन् । उक्त अफर असार ९ सम्मका लागि मात्र रहने बताइएको छ ।