जिम्बाब्वेसँग नेपाल पराजित, क्रेग एर्भिन र सिनको शतक

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपाल पराजित भएको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल आयोजक जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको हो ।
२९१ रनको लक्ष्य जिम्बाब्वेले ४४ ओभर १ बलमा पूरा गर्यो । जिम्बाब्वेका लागि कप्तान क्रेग एर्भिनले १२१ रन बनाए । सिन विलियम्सले १०२ रन जोडे ।
वेस्ली माधेवेरेले ३२ र जोएलर्ड गुम्बीले २५ रन बनाए ।
नेपालका लागि गुल्सन झा र सोमपाल कामीले १-१ विकेट लिए ।
यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९० रन जोड्यो ।
नेपालका लागि कुशल भुर्तेलले ९५ बलमा ९९ रन बनाउँदा १३ चौका र २ छक्का हिर्काए । आशिफ शेखले १०० बलमा ६६ रन जोड्दा ७ चौका प्रहार गरे । कुशल र आशिफले पहिलो विकेटका लागि १ सय ७१ रनको साझेदारी गरे । एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि यो सर्वाधिक रनको साझेदारी हो ।
कुशल मल्ल ४२ बलमा ४१ रन बनाएर आउट हुँदा २ चौका र ३ छक्का हिर्काए । कप्तान रोहित पौडेलले ३१ रन बनाए । आशिफ शेखले १० तथा गुल्सन झाले १३ रन बनाए ।
जिम्बाब्वेका लागि रिचार्ड गाराभाले ४, वेलिङ्टन मासाकड्जा २ तथा ब्लेसिङ मुजारबानी र टेन्डाई चताराले १-१ विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया