विश्वकप छनोटः आज पनि दुई खेल हुँदै
काठमाडौँ- जिम्बाब्वेमा आइतबारदेखि सुरु भएको आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत आज पनि दुई खेल हुने भएको छ । आज समूह ‘बी’ अन्तर्गतका दुई खेल हुने तालिका रहेको छ ।
बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा श्रीलंकाले युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको खेल हुनेछ । त्यसैगरी, बुलावायो एथलेटिक क्लबमा आयरल्यान्डले ओमानविरुद्ध खेल्नेछ । दुबै खेल नेपाली समयअनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ ।
समूह ‘बी’ स्कटल्यान्ड पनि रहेको छ ।
यसअघि समूह ‘ए’ अन्तर्गत आइतबार भएको खेलमा जिम्बाब्वेले नेपाललाई ८ विकेट तथा वेस्ट इन्डिजले अमेरिकालाई ३९ रनले पराजित गरेको थियो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया