धरानमा पनि ‘आदिपुरुष’ प्रदर्शन नगर्न हर्कको आग्रह

काठमाठौँ - काठमाडौ महानगर पालिकाका मेयर बालेन्द्र शाहले ‘आदिपुरुष’ नचलाउने निर्णयको समर्थन काठमाडौँबाहिर फैलिएको छ । पोखराका मेयरले चलचित्र नचलाउन निर्देशन दिएको पत्र सार्वजनिक भइसकेको छ ।
यसैबीच धरानका मेयर हर्क साम्पाङले पनि आदिपुरुष नचलाउन आग्रह गरेका छन् । उनले सोमबार सामाजिक सञ्जालमा छोटो स्ट्याटस लेख्दै फिल्म नचलाउन आग्रह गरेका छन् । ‘धरानमा आदिपुरुष नचलाउनु होला । जय देश !’उनले स्ट्याटसमा लेखेका छन् ।
भारतीय फिल्म ‘आदिपुरुष’मा सीतालाई भारतकी छोरी भनेर उल्लेख गरेसँगै नेपालमा यो फिल्मको विरोध भइरहेको थियो । तर नेपालको सेन्सर बोर्डले भने भारत शब्द म्युट गर्न लगाएर प्रदर्शन अनुमति दिएको थियो । यसको प्रतिक्रियामा बालेन्द्र शाहले भने संसारभर जाने फिल्मबाटै यो संवाद हटाउनु पर्ने माग गर्दै तीन दिनको अल्टिमेटम दिएका थिए । तीन दिनमा निर्माण कम्पनीले यो संवाद नसच्याए सारा हिन्दी फिल्मको प्रदर्शन रोक्ने चेतावनी दिएका थिए । समयसीमा सकिने साँझ निर्माण कम्पनीले टिसिरिजले बोक्रो माफी मागे पनि चलचित्रमा त्यस्तो संवाद नै नरहेको जिकिर गरेको थियो ।
यो कुरामा महानगरपालिका सहमत नभएपछि सोमबारबाट सम्पूर्ण हिन्दी चलचित्रको प्रदर्शन काठमाडौँमा रोकिएको छ । ललितपुर महानगर पालिकाले आफूहरू चलचित्रको प्रदर्शन रोक्ने क्रममा नरहेको बताएको छ भने यो विषयमा अहिलेसम्म भक्तपुरको धारणा आइसकेको छैन । नेपालमा फिल्मको प्रदर्शन रोकिएपछि थुप्रै भारतीयले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् । नेपालले चलचित्र रोकेर ठीक गरेको धेरैको प्रतिक्रिया छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया